काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ ।
आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।
![](https://i0.wp.com/www.ainakhabar.com/wp-content/uploads/2022/04/277956337_5229514667113050_5817299028916483224_n.jpg-582x768.jpg?resize=582%2C768&ssl=1)
प्रतिक्रिया