Logo

मुख्य समाचार

अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आइतबार नेकपा एमालेबाट अर्थमन्त्री भएका तीन पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर अर्थमन्त्रीकै कारण देशको आर्थिक अवस्था धराशायी भएको आरोप लगाएका थिए ।

पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको उपस्थितिमा आइतबार एमालेले पत्रकार सम्मेलन गरेको थियो। लगत्तै अर्थमन्त्री शर्माले आज पत्रकारसम्मेलन गर्न लागेका हुन् ।

अपरान्ह चारबजे पत्रकार सम्मलेनमार्फत देशको वर्तमान अर्थिक अवस्थाबारे ब्रिफिङ गर्न लागेको शर्माको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ०४ बजे