Logo

Breaking News 1

एमालेले तीन पूर्वअर्थमन्त्री राखेर मुलुकको वर्तमान आर्थिक अवस्थाबारे ‘ब्रिफिङ’ गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना पूर्वअर्थमन्त्री राखेर मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाकाबारेमा ब्रिफिङ गर्ने भएको छ।

आइतबार होटल हिमालयनमा १२ः३० मा पत्रकार सम्मेलन गरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले वर्तमान आर्थिक अवस्थाबारेमा धारणा सार्वजनिक गर्न लागेका हुन् ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर देशको बिग्रदो आर्थिक अवस्थालाई झनै बढवा दिएको आरोप एमालेले लगाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ३८ बजे