Logo

समाचार

सगरमाथा आरोहण गर्न कतारी राजकुमारी नेपालमा



काठमाडौं । कतारकी राजकुमारी आस्मा अल थानी नेपाल आएकी छिन् ।

उनी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल आइपुगेकी हुन् । उनले यसअघि नेपालका अमादब्लम, धौलागिरी र मनास्लु शिखरको सफल आरोहण गरेकी छन् ।

२०२१ मा उनले किलर माउन्टेनका नामले चर्चित मनास्लु बिना अक्सिजन आरोहण गरेकी थिइन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : ३४ बजे