Logo

Breaking News 1

प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग राखे सीमा विवादको विषय



काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको विषय राखेका छन् ।

दुई देशकोबीच सीमाको विषयमा रहेको विवाद समाधान गर्न आफूले समकक्षी मोदीसँग छलफल गरेको देउवाले बताएका छन् ।

देउवाले भने, ‘हामीले सीमाका सवालहरूमा छलफल गर्‍यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय संयन्त्रहरूबाट हल गरौँ भनेर अनुरोध गरेँ।’

देउवाले द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि मोदीलाई आग्रह गरेका हुन् । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका ठाउँमा विवाद रहँदै आएको छ ।

सीमा विवादका विषयमा छलफल गर्न पटक पटक विभिन्न समिति गठन भए पनि अहिलेसम्म निर्णायक छलफल हुन सकेको छैन ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ०७ बजे