Logo

मुख्य समाचार

बिरामीको मृत्यु भएपछि कैलालीको पद्मा अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रृग्याँस प्रहार



काठमाडौं । कैलालीको एक अस्पतालमा बिरामीको मृत्यु भएपछि स्थानीय तथा आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

गोदावरी नगरपालिकामा रहेको पद्मा अस्पतालमा गोदावरी नगरपालिका-३ का ३८ वर्षीय विनोद बोहराको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

शुक्रबार साँझ स्वास्थ्यमा खराबी आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आफन्त तथा स्थानीयले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

उनीहरुले अस्पतालको एम्बुलेन्स तथा गाडिहरुसमेत तोडफोड गरेका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ ।

प्रदर्शनकारीले सडकसमेत अवरुद्व पारेका छन् । अहिले स्थानीय र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ४७ बजे