Logo

मुख्य समाचार

थाइल्याण्डमा नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो



काठमाडौं । थाइल्याण्डमा पुगेको नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौंका लागि उडान भर्न धावनमार्गमा गुडिरहेको आरए ४०२ विमानको दुवै टायर पञ्चर भएको हो ।

तत्कालै चालक तथा विमानमा कार्यरत कर्मचारीले टायर पञ्चर भएको थाहा पाएपछि विमान धावनमार्गमै रोकेर यात्रुलाई ओरालिएको थियो ।

जहाज मर्मतपछि काठमाडौं ल्याउने तयारी भएको एयरलाइन्सले जानकारी दिएको छ । चालक तथा कर्मचारीको सुझबुझले ठूलो दुर्घटना हुनबाट जोखिएको एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : ०६ बजे