Logo

Breaking News 1

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुने



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटावार्ता हुँदैछ ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार विहान ११ः१० बजे हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन अन वन’ भेटवार्ता सुरु हुनेछ ।

‘वन अन वन’ वार्ता कम्तीमा आधा घण्टा चल्ने जनाइएको छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा नेपाल–भारत द्विपक्षीय बैठक हैदरावादा हाउसमा नै हुनेछ ।

द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच कम्तीमा चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा दुवै देशका सम्बन्धी पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ३२ बजे