Logo

अर्थ

शुक्रबार ८ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ८ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुन आज ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ ।

चाँदी आज प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ०८ बजे