काठमाडौं । देशका केही स्थानमा आगामी २४ घण्टामा वर्षाको सम्भावना रहेको छ । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका कारण विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहनेछ ।
कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ ।
तराईका अधिकांश भूभागमा आंशिक बदलीसँगै हुस्सु लाग्ने सम्भावना छ । राति कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।








प्रतिक्रिया