काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।
कपिलवस्तुमा जारी बैठकमा आज महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठक शनिबारदेखि सुरु भएको हो ।
बैठकमा स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयलाई मुख्य एजेण्डा बनाइएको छ । नेकपाभित्र अहिले निर्वाचनको विषयलाई लिएर दुई धार देखिएको छ ।
एक पक्ष तालमेल गरेर निर्वाचनमा जाने पक्षमा रहेको छ भने अर्को पक्ष निर्वाचन बहिष्कार गर्ने पक्षमा रहेको छ ।
महासचिव विप्लवसहित खड्कबहादुर विश्वकर्मा लगातका नेताहरू चुनावमा जानुपर्ने पक्षमा रहेका छन् भने सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली लगायतका नेताहरु बहिष्कार गर्नुपर्ने पक्षमा रहेका छन् ।
प्रतिक्रिया