Logo

मुख्य समाचार

बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी



काठमाडौं । बक्यौता रकम नतिर्ने सात वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले चेतावनी दिएको छ ।

प्रधिकरणले यसअघि तीन पटक कम्पनीहरुलाई बक्यौता तिर्न सूचनामार्फत ताकेता गरेपनि नतिरेको भन्दै चौथो पटक सूचना जारी गर्दै कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।

बक्यौता रकम चुक्ता नगर्ने वायुसेवा कम्पनीहरुमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरेवज र एयर काष्टमण्डप छन् ।

‘प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको वाँकी बक्यौता रकम उल्लेखित वायुसेवा कम्पनीहरुले प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाण्डौको जम्मा गरी सक्कल भौचर यस प्राधिकरणको प्रधान कार्यालय, अर्थ विभागमा बुझाई बक्यौता रकम फरफारक गर्न यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले आज जारी गरेको सूचनामा भनिएको छ ।

सातदिन भित्र बक्यौता रकम नबुझाए वायुसेवा कम्पनी र संचालकहरुलाई विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को नियम ३० (३) बमोजिम कारवाही गर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : १७ बजे