Logo

अर्थ

आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुुसार आज सुन तोलामा ६ सय रुपैँयाले घटेको हो । शुक्रबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ५९ बजे