Logo

Breaking News 1

‘पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ? अब १३ सिटमा झार्नुपर्छ’: अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई १३ सिटमा झार्ने बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसलाई २३ सिटमा झारेको भन्दै अब १३ सिटमा झार्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने,’यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ? अब १३ सिटमा झार्नुपर्छ ।’

ओलीले कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले भोट नहाल्ने दावी गरे । उनले नेता कार्यकर्तालाई निर्वाचनमा एमालेले कतै पनि पराजित हुन नपर्ने गरि तयारीमा लाग्न पनि निर्देशन दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : ०२ बजे