Logo

मुख्य समाचार

प्रचण्ड आज सिन्धुली जाँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदैछन् । अध्यक्ष प्रचण्डले सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्नेछन् ।

प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिनेछन् ।

अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन् ।

उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउने गरेका छन् ।

गठबन्धनलाई सहायक प्राथमिकता दिएको उनको भनाइ छ । सत्ता नेतृत्व दल कांग्रेस गठबन्धनसहित निर्वाचनमा जाने भन्नेमा स्पष्ट नहुँदा प्रचण्ड दोधारमा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ४२ बजे