काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०३ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा तोकिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ ।








प्रतिक्रिया