Logo

मुख्य समाचार

घुस लिएर अनुत्तिर्णलाई लाइसेन्स दिने ९ जनाविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर सवारी लाइसेन्स दिने ९ जनाविरुद्व विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्धा दायर गरिएकाहरुमा पौडेलसहित शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल रहेका छन् ।

लाइसेन्स परीक्षामा अनुत्तिर्ण भएकाहरुलाई पनि घुस लिएर लाइसेन्स दिएको अख्तियारले जनाएको छ । उनीहरुले प्रयोगात्मक परीक्षामा १ सय ६८ जना परीक्षार्थीको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको बताइएको छ ।

प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तिर्ण गर्ने र उत्तिर्ण भएका परीक्षार्थीलाई अनुत्तिर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरिएको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ०५ बजे