Logo

Breaking News 1

निगमले घटायाे पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : १२ बजे