Logo

राजनीति

कार्यव्यवस्था परामर्श समिति गठन, १५ सांसद मनोनीत



काठमाडौं। प्रतिनिधिसभामा नयाँ नियमावली २०८३ अनुसार कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा सांसदहरू मनोनीत गरिएको जानकारी गराएका हुन्।

यसअघि प्रतिनिधिसभा नियमावली २०७९ अनुसार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति रहेको थियो। नयाँ नियमावली लागू भएसँगै समितिको सदस्य संख्या घटाएर १५ कायम गरिएको हो।

समितिमा अचुतम लामिछाने, आरेन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, देवराज पाठक, निश्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपीनकुमार आचार्य मनोनीत भएका छन्।

कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको बैठक सञ्चालन, कार्यसूची व्यवस्थापन तथा संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन सभामुखलाई परामर्श दिने जिम्मेवारी निर्वाह गर्नेछ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ८ : ०० बजे