काठमाडौं । आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार ३०० रुपैयाँ कायम छ । हिजाे छापावाल सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया