काठमाडौं । उद्योगी वरुण चौधरी र भाइ निर्वाण चौधरी निजी जेट चढेर नयाँ वर्षमा घुम्न युरोप निस्किएका छन् । उनीहरू नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो निजी जेट चढेर युरोप निस्किएका हुन् ।
उद्योगी वरुणले भाइ निर्वाण चौधरीसँग निजी विमानअगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले क्याप्सनमा ‘टु ब्रदरस, वाज जर्नी फ्रम ग्राउन्ड टु क्लाउडस’ लेखेका छन् ।
यो तस्बिरलाई धेरैले चौधरी परिवारको नयाँ पुस्ताको आत्मविश्वास, भाइचारा र ग्लोबल उपस्थितिको प्रतीकका रूपमा लिएका छन् ।
वरुण र निर्वाणाको यो तस्बिरलाई धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘सीजीका ग्लोबल पावर ब्रदर्स’भन्ने कोणबाट हेरेका छन् ।
उनीहरूले पोस्टलाई विलासिता वा यात्रा नभई एकता, निरन्तरता, नेतृत्व र उचाइतर्फको साझा यात्राको संकेत भएको टिप्पणी गरेका छन् । चौधरी परिवार नेपालकै प्रभावशाली व्यावसायिक घरानामध्ये एक हो ।








प्रतिक्रिया