काठमाडौं । निर्वाचन आयोग ले सेतोपाटी सञ्चार प्रालि लाई एक लाख रुपैयाँ जरिबाना तोकेको छ।
आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त) तथा दफा २५ को उपदफा (१) का खण्ड ख, च र छ उल्लंघन गरेको ठहर गर्दै उक्त जरिबाना तोकेको जनाएको छ।
आयोगले तोकिएको एक लाख रुपैयाँ जरिबाना १५ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ। आयोगका अनुसार आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा आवश्यक प्रक्रिया पूरा गरेर जरिबाना गर्ने निर्णय गरिएको हो।
२५ फाल्गुन २०८२, सोमबार
0
Shares









प्रतिक्रिया