सुनसरी। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका सबै मतदानस्थल तयारी अवस्थामा पुगेका छन् । प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिनुका साथै मतदान सामग्री सम्बन्धित केन्द्रमा पुर्याइएको छ ।
विशेषगरी कोशी प्रदेश अन्तर्गतका सुनसरी जिल्ला र मोरङ जिल्ला मा मतदानस्थलहरूमा अन्तिम तयारी पूरा भएको छ । विद्यालय, सामुदायिक भवन तथा वडा कार्यालयहरूमा स्थापना गरिएका मतदान केन्द्रहरूमा कर्मचारीहरू खटिइसकेका छन् ।















प्रतिक्रिया