मकवानपुर । सर्वोच्च अदालतको स्टे अर्डर जारी रहे पनि हेटौँडामा सडक विस्तारको काम अघि बढाइएकामा आपत्ति जनाउँदै घर–जग्गाधनीहरू आज आन्दोलनमा उत्रिएका छन् ।
प्रभावितहरूले प्रशासन र सम्बन्धित निकायले न्यायालयको आदेशको अवमानना गर्दै संरचना हटाउने कार्य सञ्चालन गरेको दाबी गरेका छन् ।
घरधनीहरूको भनाइमा, अदालतले विवादित क्षेत्रको सडक विस्तार तत्काल रोक्न दिएको आदेश कार्यान्वयन हुनुपर्नेमा उल्टै केही स्थानमा डोजर परिचालन भएका कारण उनीहरू आन्दोलन गर्न बाध्य बनेका हुन् ।
प्रदर्शनकारीहरूले लालपूर्जाको वैधानिकता, नक्सा–सीमा मिलान, उचित क्षतिपूर्तिको अभाव र ‘अवैध रूपमा बल प्रयोग गरेर विस्तार अघि बढाइएको’ आरोपसहित जिल्ला प्रशासन कार्यालय अगाडि विरोध जनाए ।
घरधनीहरूले अदालतको आदेशको पूर्ण पालना र क्षतिपूर्ति स्पष्ट नहुँदासम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।










प्रतिक्रिया