Logo

Breaking News 1

वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले व्यवस्था फाल्नुपर्छ भन्ने माग पूरा नभए विद्रोह पनि गर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्रीसँग वार्तामा जानुभन्दा अगाडि पत्रकारहरुसँग बोल्दै उनले यो देशमा वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक रहेको भन्दै माग पूरा नभए विद्रोह पनि गर्ने बताए ।

उनले भने, ‘अब नेपालले निकासको बाटो लिएर विकासको गतिमा अघि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो । यो व्यवस्था फाल्नुपर्छ भन्ने माग हो । त्यो भएन भने हामी पनि विद्रोह गरौंला । अहिले जनता सचेत भइसकेका छन् हतियार बोक्नु पर्दैन् । यो देशलाई आज राजसंस्था आवश्यक छ ।’

यस्तै, उनले देशमा धर्मनिरपेक्षता ल्याउने, धर्म सापेक्ष मुलुक हिन्दु राष्ट्र हटाउने, राजसंस्था हटाउने भन्ने म्यान्डेट ल्याउने बदमासी पहिलाका सरकारले गरेकाले अहिलेको सरकारले त्यो कुरा सच्चाउनुपर्ने पनि बताए ।

उनले भने, ‘हामीले प्रस्ताव त २०७९ साल फागुन १ गतेदेखि नै राखि रहेका छौं । लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, सर्वहारा वर्ग, भुइमान्छे, उत्पीडन वर्ग माग सम्बोधन हुनुपर्छ । र २०६२, ०६३ मा जनआन्दोलन पश्चात देशमा धर्मनिरपेक्षता, संघीयता र राजसंस्थाको विषयमा बोलिसकेका छौं ।’

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ६ : १५ बजे