जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ ।
मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासीक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनको भीडका बीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ ।
दुलही झैं सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौं श्रद्धालुभक्तजनको उपस्थिती रहेको थियो । विभिन्न देखिका पर्यटकहरुको पनि घुँईचो लागेको थियो ।
मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयम्वर गरिएको थियो । सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो ।
आज विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा रहेको छ । यस विधिमा अयोध्याबाट आएका सम्पूर्ण बारातीहरुलाई ५६ ब्यनजन खुवाएर दक्षिणासहित विदा गर्ने गरिन्छ ।
भगवान राम र माता सीताको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ विवाहपञ्चमी मनाईने गरिन्छ ।










प्रतिक्रिया