Logo

Breaking News 1

नेपाल प्रिमियर लिगमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । 

जारी एनपीएलमा विराटनगर अपराजित टोली हो । उसले तीनवटै खेलमा जित हासिल गरेको छ । त्यस्तै चितवन भने यसअघि खेलका दुईमध्ये एकमा मात्रै विजयी भएको छ ।

त्यसैले विराटनगरले आजको खेलमा जित दर्ता गरेर अपराजित यात्रा कायम राख्दै प्लेअपको सम्भावना बलियो बनाउन चाहन्छ । चितवन पनि खेलको लयमा फर्किने चाहनामा छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ३५ बजे