Logo

अर्थ

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि



काठमाडौं । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्य मा वृद्धि गरेको हो ।

सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ। अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ, ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ०९ बजे