Logo

अर्थ

‘जेनजी’ आन्दोलनका मृतकका परिवार र घाइतेलाई १२ करोड ८० लाख आर्थिक सहायता


१७ कार्तिक २०८२, सोमबार  

23
Shares

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेलाई गरी कुल १२ करोड ८० लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। अर्थ मन्त्रालयका अनुसार मृतकका परिवार र घाइतेहरूलाई सहयोगस्वरूप उक्त रकम निकासा गरिएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु भएका ५३ जनाको परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले कुल सात करोड ९५ लाख रुपैयाँ काजकिरिया, खाना र यातायात खर्चका लागि उपलब्ध गराइएको छ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई तत्काल भैपरी खर्चका रूपमा जनही २० हजार रुपैयाँका दरले चार करोड ८५ लाख ८० हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ।

भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदीबन्दी र अन्य ४१ गरी ७६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  २ : ५० बजे