Logo

अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओ कपिलकुमार दाहाल


१३ कार्तिक २०८२, बिहिबार  

46
Shares

काठमाडौं — हिमालयन लाइफ इन्स्योरेन्सले कपिलकुमार दाहाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत दाहाललाई आजदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो।यसअघिका सीईओ मनोजकुमार लालले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका थिए। सोही दिन सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ४ : १३ बजे