Logo

अर्थ

सुदीप आचार्य पुनः कामना सेवा विकास बैंकको अध्यक्षमा नियुक्त



काठमाडौं – सुदीप आचार्य पुनः कामना सेवा विकास बैंकको अध्यक्षमा चयन भएका छन्। बैंकको १९औँ वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको ४०१औँ बैठकले उनलाई अध्यक्षमा पुनः चयन गरेको हो।

आचार्य आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। उनी यसअघि पनि बैंकको अध्यक्षको रूपमा कार्यरत थिए।

साधारणसभाले संस्थापक समूहबाट आचार्यसहित भीमप्रसाद तुलाचन र चतुराखर अधिकारीलाई सञ्चालकमा निर्विरोध चयन गरेको छ। सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र पवनकुमार शर्मा सञ्चालकमा निर्वाचित भएका छन्। उनीहरूको कार्यकाल पनि चार वर्षको हुनेछ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : २२ बजे