काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत (१ः१ अनुपात) दरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर जारी गरेको हो ।
साउन १६ गते बुक क्लोज मिति तोकिएकाले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै आवेदनका लागि योग्य छन् । लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंकका विभिन्न शाखाहरूबाट वा ‘मेरो शेयर’ मार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस हकप्रद निष्कासनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने नेपाल धितोपत्र बोर्डले साउन ४ गते स्वीकृति प्रदान गरेको थियो ।
प्रतिक्रिया