Logo

Breaking News 1

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते


२३ आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बुधबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आफ्नो ३१औं वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ । सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १० : ०४ बजे