काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका कार्यालयहरू सोमबार (आज) खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।
१९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन कार्यालयले भनेको छ ।

प्रतिक्रिया