काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ । शनिबार आन्तरिक उडान ठप्प हुँदा सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए ।
धेरै यात्रुहरू दशैंपछिको यात्राका लागि टिकट लिएर प्रतीक्षारत रहेकाले असुविधा व्यहोर्नु परेको थियो । मौसम सुधारसँगै उडान पुनः सुरु भएपछि यात्रुहरूले सहजता महसुस गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया