Logo

Breaking News 1

देशभर मनसुनी वायुको प्रभाव कमजोर, स्थानीय वायुको आंशिक प्रभाव



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण भारी वर्षाको भने सम्भावना छैन । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : ४८ बजे