Logo

Breaking News 1

नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै



काठमाडौं । नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौं दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ ।

यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा असुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको विश्वास छ । कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय नष्ट हुने धार्मिक विश्वास छ ।

पौराणिक ग्रन्थ अनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : २२ बजे