मेष राशि
अरूका काममा धेरै समय खर्चनुपर्ला। नियमित काम सम्पादन भए पनि नयाँ काम रोकिन सक्छ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। चिताएको काम पूरा गर्न समय लाग्नेछ।
बृष राशि
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।
मिथुन राशि
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
कर्कट राशि
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
सिंह राशि
हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ।
कन्या राशि
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
तुला राशि
जटिल काम थाल्नाले व्यवहारमा समस्या पर्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।
बृश्चिक राशि
भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।
धनु राशि
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ।
मकर राशि
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ।
कुम्भ राशि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला।
मीन राशि
परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन्। काम रोकिनाले मन खिन्न रहनेछ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला।
प्रतिक्रिया