Logo

मुख्य समाचार

बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता



बाजुरा । बाजुराबाट एक महिला १० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका–६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी रहेकी छन् ।

उनी बाजुराबाट करिब १० दिनदेखि बेपत्ता रहेकी छन् ।करिब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका–२ छुदरी स्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्क बिहीन भएकी हुन् ।

विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउँन नसकेको उनको भनाई छ ।

परिवारले मरासिनीलाई कतै फेला पारेपछि ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेका छन्।प्रहरीले पनि उनको खोजी कार्य जारी राखेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ७ : १६ बजे