मेष राशि
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ।
बृष राशि
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ।
मिथुन राशि
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। शुभचिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।
कर्कट राशि
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
सिंह राशि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ।
कन्या राशि
काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
तुला राशि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साथीभाइसँग असमझदारी बढ्नेछ भने शुभचिन्तकहरू समेत टाढिन सक्छन्।
बृश्चिक राशि
काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।
धनु राशि
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मकर राशि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कुम्भ राशि
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
मीन राशि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
प्रतिक्रिया