रौतहट । छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको हो ।
विद्यालयका पूर्वअध्यक्ष राजकुमार दासले यसअघि पनि साहले पटक पटक छात्रालाई दुव्र्यवहार गरेको र सामाजिक दण्ड भोगेका पनि कानुनी कारबाही नहुँदा यो व्यवहार दोहोरिएको आरोप छ ।
एक १६ वर्षीय छात्रालाई गत आइतबार ९असार २९० उनले ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि विवाद उत्पन्न भएको थियो । आक्रोशित समुहले कुटपिट र तोडफोडमा उत्रिएपछी प्रहरीले अनुसन्धानका लागी साहलाई नियन्त्रणमा लिएको थियो ।
छात्राका अभिभावकहरूले दिएको उजुरी अनुसार कार्वाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
उनका अनुसार साहविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्यादसहित अनुसन्धान थालिएको छ । गरुडा नगरपालिका १ मा रहेको सो विद्यालयमा शिक्षक साहले कक्षा ७ सम्म अङ्ग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए ।
प्रतिक्रिया