Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८२ साउन १ गते, बिहीवार, १७ जुलाई २०२५। श्रावण कृष्णपक्ष सप्तमी तिथि, १८ः०३ बजेपछि अष्टमी। रेवती नक्षत्र। चन्द्रराशि मीन।

मेष
खर्च बढ्नुका साथै कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। मालमत्ता जुटाउन अधिक खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ।

वृष
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।

मिथुन
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।

सिंह
परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्।

कन्या
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

तुला
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

वृश्चिक
धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि खर्चिलो काम थाल्न राम्ररी विचार पुर्याउनुहोला।

धनु
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्न सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

मकर
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।

कुम्भ
प्राथमिकताका आधारमा काम गर्न नसक्दा केही पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ र पछिलाई फाइदा हुनेछ।

मीन
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने पहिलेका सहयोगीहरू टाढिन सक्छन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ५ : ४६ बजे