आज मिति २०८२ असार ३१ गते, मंगलवार, १५ जुलाई २०२५। श्रावण कृष्णपक्ष पञ्चमी तिथि। शतभिषा नक्षत्र, ७ः०१ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ।
मेष
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ।
वृष
आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ।
मिथुन
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।
कर्कट
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ।
सिंह
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
कन्या
स्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।
तुला
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।
वृश्चिक
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ।
धनु
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।
मकर
अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
कुम्भ
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
मीन
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्यांकन नगरी काम थाल्दा समस्या पर्न सक्छ। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ।
प्रतिक्रिया