Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८२ असार २९ गते, आइतवार, १३ जुलाई २०२५। श्रावण कृष्णपक्ष तृतीया तिथि। श्रवण नक्षत्र, ७ः४७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर, १९ः४५ बजेपछि कुम्भ।

मेष राशि
दिन उत्साहवर्धक रहनेछ। नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

बृष राशि
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ।

मिथुन राशि
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।

कर्कट राशि
रमाइलो यात्रा र भेटघाटको अवसर जुट्नेछ। व्यापार बढ्नुका साथै मनग्य रकम हातलागी हुनेछ। विशेष उपहार प्राप्त हुने समय छ। टाढाका आफन्त नजिकिनेछन्।

सिंह राशि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।

कन्या राशि
सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

तुला राशि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।

बृश्चिक राशि
सिद्धान्तमा मतभेद भए पनि पहिलेका सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

धनु राशि
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मकर राशि
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कुम्भ राशि
अरूको करकापमा काम गर्न बाध्य भइनेछ। फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।

मीन राशि
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ। समाजसेवा र नोकरीतर्फ गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ५९ बजे