आज मिति २०८२ असार १२ गते, बिहीवार, २६ जुन २०२५। आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, १४ः४४ बजेपछि द्वितीया। आर्द्रा नक्षत्र, १०ः२८ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन।
मेष
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। 
वृष 
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। तापनि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। 
मिथुन
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। 
कर्कट
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
सिंह
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। प्रयास गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। 
कन्या 
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
तुला
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ।
वृश्चिक
सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।
धनु 
साथीभाइसँग रमाइलो भेट हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। 
मकर
हिम्मतले काम बनाउन सकिनेछ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। 
कुम्भ 
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
मीन
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। 

 
                                                                   
                    
                








 
                     
                     
                    
प्रतिक्रिया