Logo

Breaking News 1

नेपालका लागि चीन उदार र भरपर्दो विकास साझेदार हो : उपाध्यक्ष घिमिरे



काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नेपालले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएकी छन् ।

शनिबार चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल तिब्बतसँग नजिक रहेको भन्दै चीन र नेपाल सदियौदेखिको मित्र भएको बताएकी हुन् ।

उनले भनिन्, ‘हामी तिब्बतसँग नजिक छौं । नेपाल र चीन सौहार्दपूर्ण सम्बन्धमा रही उत्कृष्ट दुई पक्षीय सम्बन्धमा रहेको सदियौदेखिको मित्र हो । नेपाल र नदीले जोडिएको चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वपूर्णरुपमा लिन्छ । शान्तिपूर्ण सह–अस्तित्वका सिद्धान्तले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दैछ ।’

उनले नेपालका लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको भन्दै चीनप्रति सधै आभारी हुने बताइन् । उनले भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्रमा तिब्बत भएकाले भौगोलिकरुपमा आफंैमा महत्वपूर्ण रहेको बताइन् ।

‘चीनको आँखीझ्याल भनेर चिनिने तिब्बतलाई चिनिनुको मूख्य कारण यसको भौगोलिक र रणनीतिक अवस्थिती नै हो । यो भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्र भएकाले भौगोलिकरुपमा आफैंमा महत्वपूण छ,’ उनले भनिन् ।

उनले विश्वमा तिब्बतको संस्कृति एउटा इतिहासको पृष्ठ नभई संरक्षण र सम्मान गर्न आवश्यक रहेको पनि बताइन् । कार्यक्रममा नेपालका चिनियाँ राजदूत चेन सोङ्गले पनि आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : २८ बजे