Logo

मुख्य समाचार

यस्तो छ आजको मौसम



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जसका कारण कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी र मधेश प्रदेशको केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति भने कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ७ : १३ बजे