काठमाडौं । संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको वैठक आज सम्पन्न भएको छ ।
बुधबार बसेको उक्त बैठकमा गत एकहप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भएको थियो । बैठकमा सहभागीहरुको उत्साह प्रशंसनीय रहेको थियो ।
बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सवैमा हार्दिक आभार प्रकट गरेको छ । आगामी अन्दोलनका कार्यक्रमहरुमा समेत विभिन्न वर्ग, पेशा लगायत निजमति, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका राष्ट्रसेवकहरु तथा आम जनताको व्यापक सहभागिताको निम्ति बैठकले अपिल गरेको छ ।
उक्त बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले देहाय बमोजिमका कार्यहरु निर्धारण गरेको छ ।
क) पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरिनेछ ।
ख) काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरू निरन्तर जारी राखिनेछ ।
ग) काठमाड़ों अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ ।
घ) आन्दोलनलाई अझ सशत्त प्रभावकारी र उपल्धिमूलक वनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठनगरिनेछ ।
ड) देशको विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु य्वा कार्यकर्ताहरूको समूह तयार गरिनेछ ।
च) देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई काठमाडौंकेन्द्रित गरिनेछ ।
प्रतिक्रिया