काठमाडौँ । सिजन मिडियाको आयोजनामा सम्पन्न ‘जुनियर स्कुल प्रींन्सेस २०८२’ को उपाधि स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत प्रासिया पंगेनीले जितेकी छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको हो।

प्रतियोगितामा देशभरका विद्यालयहरूमा कक्षा १ देखि ७ सम्म अध्ययनरत छात्राहरूको सहभागिता रहेको थियो। कुल ४५ जना प्रतिस्पर्धीहरू सहभागी रहेको प्रतियोगितामा प्रासियाले ‘मोष्ट पपुलर अवार्ड’ समेत जित्दै दोहोरो उपाधि हात पारेकी हुन्।
उपाधि विजेता पंगेनीलाई प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानामगरले पदक तथा प्रमाणपत्र प्रदान गरेकी थिइन्। प्रतियोगितामा आश्मी शर्माले फस्ट रनरअप र अमिना गुरुङले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरेका छन्।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कलाकार तथा निर्देशक आराध्यलक्ष्मी खड्गी, मोडल तथा जुम्बा प्रशिक्षक सोनाम केसी, मिसेस व्युटी क्वीन नेपाल २०२५ की विजेता लसता शाक्य तथा एसइइ प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ निर्णायकको रूपमा उपस्थित ।साथै, कार्यक्रममा देशभरका उत्कृष्ट विद्यालयका प्रिन्सिपल तथा कोओर्डिनेटरहरूलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया