Logo

कर्पोरेट

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समूहका १ लाख ४२ हजार कित्ता शेयर सर्वसाधारणको लागि खुला गरेको छ। बैंकले मंगलबारदेखि उक्त शेयर सर्वसाधारण व्यक्ति, संस्था र कम्पनीलाई बिक्रीका लागि उपलब्ध गराएको हो।

यसअघि यी शेयरहरू विद्यमान संस्थापक शेयरधनीहरूलाई प्रस्ताव गरिएको थियो। तर, उनीहरूबाट अपेक्षित आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री प्रक्रिया सुरु गरिएको बैंकले जानकारी दिएको छ।

शेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। इच्छुक व्यक्तिहरूले आफूले कति कित्ता शेयर खरिद गर्न चाहेको खुलाएर बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा बोलपत्र पेश गर्न सक्नेछन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ४६ बजे